थरमसमा चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको लछारपछार

August 25, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ ९- काठमाडौं महानगरपालिकाको प्रहरीले गंगालाल अस्पतालअगाडि चिया बेच्न बसेका एक व्यक्तिलाई लछारपछार गरेको छ।

आइतबार बिहान ६:२५ बजे चिया बेच्न दुइटा थरमस बोकेर गंगालाल अस्पतालको गेटअगाडि पुगेको उक्त व्यक्तिलाई महानगर प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल एक्स लगायतमा आइरहेका छन्।

- ADVERTISEMENT -

Advertisement

महानगर प्रहरी पूर्णचन्द्र भट्टका अनुसार चियाका कपहरू जथाभावी फाल्दा फोहोर बढ्यो भन्ने स्थानीयको गुनासोअनुसार महानगर प्रहरी त्यहाँ पुगेको थियो।

- ADVERTISEMENT -

Advertisement

‘चिया पिएका कपहरू जसले बिक्री गरेको हो उसले सफा नगर्ने गर्दा फोहोर बढ्यो भन्ने गुनासा आएको छ,’ उनले भने, ‘जति गुनासो गरे पनि महानगरले कारबाही गरेन भनेर गत शुक्रबार पनि फेरि गुनासा प्राप्त भएको थियो। हामीले बारम्बार यसरी चिया बिक्री नगर्नुस्, फोहोर नगरिदिनुस् भन्दा मानेको अवस्था रहेन।’

- ADVERTISEMENT -

Advertisement

आइतबार बिहान पनि गंगालाल अस्पतालनजिकै पुग्दा सडक अवरोध गरेर चिया बेचिरहेको देखेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिनुपरेको उनको दाबी छ। नियन्त्रण लिने क्रममा ती व्यक्ति दुई प्रहरीमाथि नै जाइलागेको उनले दाबीसमेत गरे।

- ADVERTISEMENT -

Advertisement

‘हामीले उहाँलाई यहाँ चिया बेच्न पाइँदैन भनेर सामान जफत गरेका थियौं। त्यसपछि झनै उहाँ दुई नगर प्रहरीमाथि हातपात नै गर्नुभयो। एक जनाको त ड्रेस नै च्यातिएको छ,’ उनले भने।

उनले सामाजिक सञ्जालमा नगर प्रहरीलाई कुटेको भिडिओ नहाली पछि भ्यानमा बसाउन खोजेको मात्रै भिडिओ हालेर नगर प्रहरीलाई बदनाम बनाउन खोजेको दाबी पनि गरेका छन्।

चिया बिक्री गर्ने व्यक्तिको नाम महानगर प्रहरीले खुलाएको छैन भने उनलाई महानगरको जरिवाना शाखामा लैजाने तयारी रहेको महानगर प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -