करिब ४ करोड मूल्यको कोकिनसहित विदेशी नागरिक पक्राउ

August 25, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ ९- १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।

इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् उनी काठमाडौं आएका थिए । उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्युरोका डीएसपी प्रेमबहादुर शाहीलेबताए ।

- ADVERTISEMENT -

Advertisement

निलेको कोकिन काठमाडौं आएपछि मलद्वारबाट निकाले बच्चाको खेलौना (डल)मा लुकाएर राखेको अवस्थामा ब्यूरोको टोलीले बरामद गरेको हो । बरामद कोकिनको  बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -