बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

August 25, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

म्याग्दी, भदौ ९- गए राति परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । ठाउँठाउँमा खसेको पहिरो र बाढीका कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठमाडौँलगायत ठाउँमा सवारी ओहोरदोहोर गर्ने बेनी–मालढुङ्गा र बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् ।

म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम र जिल्ला सदरमुकाम बेनीबाट पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकमा बाढी र पहिरोले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीमा सवारी साधन सञ्चालनमा आउन नसक्दा यात्रुहरूलाई सास्ती भएको छ ।

- ADVERTISEMENT -

Advertisement

बेनी दरबाङ सडकअन्तर्गत सिङ्गा, घुमाउनेभिर, लाम्पाटा, बाङ्गे पहिरोलगायत ठाउँमा पहिरो खसेको छ । त्यसैगरी, बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर, सिरुवारी, कुनौटा, गुइँठे, खामभित्तालगायत ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

गए राति परेको अविरल वर्षाका कारण बेनी नगरपालिका–१ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवलदार मणिराम अर्यालले जानकारी दिए । उनका अनुसार बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पुर्‍याएको छ ।

- ADVERTISEMENT -

Advertisement

बाढीले सडक अवरुद्ध भएपछि गए राति पोखराबाट बेनी आउँदै गरेको  ग२च ९३५५ नंको स्कार्पियो जिपलाई समेत बाढीले बगाएर खोल्सामा खसालेको छ । स्कार्पियोमा सवार यात्रुहरूलाई भने बेनीबाट गएका उद्धारकर्मी र प्रहरीले उद्धार गरेको थियो । ठाडो खोल्सामा आएको बाढी सडकको नहरको क्षमताले धान्न नसकेपछि सडकबाट बगेको थियो ।

- ADVERTISEMENT -

Advertisement

सडक कालोपत्र गर्ने समयमा ठाडो खोल्सामा आउने बाढीलाई निकास दिने गरी पूर्वाधार बनाउन ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएकाले बाढीले क्षति पुर्‍याएको स्थानीय कमला खत्रीले बताइन् । सोही बाढी बस्तीतर्फ पसेपछि बेनी नगरपालिका–१ आनन्दबगरका तीन वटा घर पुरेको छ ।

थानीय सेती थापा मगर, केशव थापा र सोचिना घर्ती मगरको घरमा बाढी पसेको हो ।  सेती थापाको दुई तलासम्म बाढी पस्दा अन्नपात, गरगहना, भाँडावर्तन, लत्ताकपडा सबै पुरिएको छ । थापा र घर्तीको घर आंशिक रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -