संसद्‍मै पुग्यो त्रिवि असुरक्षा प्रकरण

August 22, 2024
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,भदौ ६- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र विभाग प्रमुख नियुक्तिलाई लिएर देखिएको द्वन्द्व संसद्‍मै पुगेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ त्रिवि विवाद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना साँधिन् ।

- ADVERTISEMENT -

Advertisement

‘बलभन्दा बुद्धि ठूलो, बुद्धिभन्दा दल ठूलो जस्तो भयो त्रिविमा । विभागीय प्रमुखको पदका लागि भएको विवाद दलीय राजनीतिकरणले देखाएको दुर्दशा हो’, पूर्वशिक्षामन्त्री समेत रहेकी उनले भनिन्, ‘एउटा मन्त्रीले अर्को मन्त्रीलाई जोडदार माग गर्नुपर्ने तर ती मन्त्रीको कप्तान प्रधानमन्त्री हुन् ।’

- ADVERTISEMENT -

Advertisement

उनले गत साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटेको पनि खुलासा गरिन् ।

- ADVERTISEMENT -

Advertisement

‘यति हुँदा पनि शिक्षक र प्राध्यापकले राजनीति गर्न पाउनुर्छ भन्ने सेनापति को हो? अहिलेको प्रधानमन्त्री’, उनले भनिन्, ‘प्रधानमन्त्रीले मुखमा रामराम बगलीमा छुरा देखाइरहनु भएको छ। दलीय राजनीतिमुक्त हुनुपर्छ विश्वविद्यालय, यसमा कुनै सम्झौता हुनु हुँदैन ।’

- ADVERTISEMENT -

Advertisement

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पनि त्रिविमा असुरक्षा बढेको कुरा आफूले सुनेको बताए । उनले त्रिविका पदाधिकारीहरू असुरक्षाका कारण कार्यालयमै आउन छाडेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -