भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुँदैन, स्वीकार्न सकिँदैन : रवि लामिछाने

August 22, 2024
k|ltlglw;ef a}7s sf7df8f}F, !) kmfu'gM k|ltlglw;efsf] cfh a;]sf] a}7ssf] ljz]if ;dodf wf/0ff /fVb} /fli6«o :jtGq kf6L{-/f:jkf_sf ;efklt /lj nfld5fg] . tl:a/M k|bLk/fh jGt÷/f;;
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,भदौ ६-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद कुनै हालतमा मान्य नहुने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार कसुरमा कुनै पनि प्रकारको हदम्याद नराख्न लगातार युवाहरूको फोन आइरहेको भन्दै पाँच वर्षे हदम्याद राख्ने कुरा मान्य नहुने बताएका हुन्  ।

- ADVERTISEMENT -

Advertisement

रास्वपा भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्यादको पक्षमा नरहेको उनले बताए । देशका युवाहरूले देशको चिन्ता गर्दै सांसदहरूलाई झक्झकाउनु सकारात्मक भएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

हदम्यादको विरोधमा सिंगो सदन एक ठाउँ उभिने उनको विश्वास छ । त्यस्तै लामिछानेले नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रूपमा हेरेको भन्दै यसको स्पष्ट परिभाषा आउनुपर्नेमा जोड दिए ।

- ADVERTISEMENT -

Advertisement

उनले राज्यको विभिन्न निकायमा दलितको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका दलित अधिकारकर्मी खगेन्द्र सुनुवारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

- ADVERTISEMENT -

Advertisement

आफ्ना माग लिएर आन्दोलन गरिरहेकामाथि हस्तक्षेप गर्नुको साटो संविधानले निर्दिष्ट गरे अनुसार राज्यको विभिन्न निकायमा उनीहरूको सहभागिता गराउनुपर्ने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -