काठमाडौं, भदौ ६- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो ।
- ADVERTISEMENT -

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
- ADVERTISEMENT -
