भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

August 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ ६- भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो सवा २ बजे आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्‍फोट हुँदा १७ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

यस घटनामा ३४ जना घाइते समेत छन्। प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको समाचारमा उल्लेख छ।

- ADVERTISEMENT -

Advertisement

मुख्यमन्त्री चन्द्रबाबु नायडूले उच्चस्तरीय छानबिन समिति गठन गरेका छन्। व्यवस्थापनको कमजोरी देखिए कारबाही गर्ने समेत चेतावनी दिएका छन्।

- ADVERTISEMENT -

Advertisement

विस्फोटबाट ठूलो मानवीय क्षति हुनसक्ने आकलन गरिएको थियो। खाजा खाने समयमा भएको विस्फोटका कारण कम क्षति भएको टाइम्सले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -