परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

August 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, भदौ ६- भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार स्वदेश फर्किँदै छिन्। अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

भारतीय समकक्षी एस जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन्। परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छन्।

- ADVERTISEMENT -

Advertisement

भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको राणाकाे सचिवालयले जनाएकाे छ। व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत विषयमा गम्भीर छलफल भए पनि सीमामा देखिएका समस्याबारे भने कुरा हुन सकेन।

- ADVERTISEMENT -

Advertisement

राणालाई प्रधानमन्त्रीसरह नै भारतले सम्मान र महत्त्व दिएपछि नेपालको राजनीतिक वृत्तमा निकै चर्चा चुलिएको छ।

- ADVERTISEMENT -

Advertisement

    - ADVERTISEMENT -
    - ADVERTISEMENT -