नेपालको कलेज शिक्षामा आइ बि एमको प्रवेश एक सकारात्मक कदम

August 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँवि,भदौ ३- विश्वकै सबैभन्दा ठुलो औद्द्योगिक अनुसन्धान केन्द्र तथा विश्वकै सबैभन्दा ठूलो मध्येको एक आइ टि कम्पनी आइ बि एमको करियर एजुकेसनले नेपाली कलेजहरुसंगको सहकार्यको कार्यक्रमलाई अगाडि बढाएको छ |

सन् १९११ मा सी टि आर कम्पनीको नाममा स्थापना भएको १७५ देशमा संजाल भएको आइ बि एमका छ जना कर्मचारीले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन् | उन्नाइस सय साठी र सत्तरीको दशकमा यु एस का ८०% र विश्वका ७०% कम्प्युटर उत्पादन गरेको आइबिएम् सन् २००५ देखि कम्प्युटर सेवा, सफ्टवेर , सुपरकम्प्युटर र बैज्ञानिक अनुसन्धानमा केन्द्रित हुन थालेको छ |

- ADVERTISEMENT -

Advertisement

सन् २००० देखि यसका सुपराकम्प्युटरहरु निरन्तररुपमा विश्वका सबैभन्दा शक्तिशाली कम्प्युटरको दर्जामा रहन सफल भएका छन् |

- ADVERTISEMENT -

Advertisement

विश्वको सबैभन्दा ठुलो र पुरानो मध्येको एक प्रबिधि कम्पनीका उल्लेखनीय उत्पादन अन्तर्गत ए टि एम , डीर्याम, फ्लोपी डिस्क, हार्ड डिस्क ड्राइभ, फ्लपी डिस्क, कम्प्युटर चिप्स , क्वान्टम कम्प्युटिंग. यु पी सी बारकोड़ लगायत रहेका छन् | यो विश्वका सबैभन्दा ठुला रोजगारदाता कम्पनीमध्ये पर्दछ जसले सन् २०२२मा विश्वभरी २९७९०० भन्दा बढीलाइ रोजगारी दिएको थियो |

- ADVERTISEMENT -

Advertisement

आइ बि एमको करियर एजुकेसन अन्तर्गत यसका बिज्ञहरुबाट विद्द्यार्थीहरु प्रशिक्षित र मेंटोरिंग गरिन्छ | त्यसकारण उनीहरु व्यवशायिक दुनियाको आवश्यकता पूर्ति गर्न सक्ने र युगीन जिम्मेवारी बहन गर्न सक्ने ल्याकत राख्ने हुँदा पेशागत क्षेत्रमा सजिलै स्थापित हुन सक्छन | त्यसमाथी ग्लोबल रिकग्निसन भएको संस्थाको तालिम प्रमाणपत्र र रोजगारीको सहजीकरण दुर्लभ अवशर बन्न पुग्दछ |

- ADVERTISEMENT -

Advertisement

प्रबिधिको क्षेत्रमा भएका नविनतम सृजनाहरुको ज्ञान र प्रयोग तथा बिभिन्न औद्योगिक साझेदारहरुको संगको सहकार्यमा हुने प्रभावकारी परियोजनाहरु यो शैक्षिक कार्यक्रमका उल्लेखनीय विशेषताहरु हुन् |

यो कार्यक्रमका लागि आइ बि एम संग सहकार्य गरेको द टाइम्स इन्टरनेसनल कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपाने भन्नुहुन्छ, “ आइ बि एमको तालिमप्राप्त गरि युगसापेक्ष ज्ञान र सीप प्राप्त गर्नु र सर्टिफाइड हुन पाउनु आफैमा एक अमुल्य अवशर र प्रिभिलेज हो | त्यसमाथि न्यून शुल्कमा ग्लोबल एक्सपोजर साहितको रोजगारीको ग्यारेन्टी भएको कोर्स विद्द्यार्थीको उज्ज्वल भबिश्य निर्माणको लागि वास्तवमै महत्वपूर्ण छ |”

आइ बि एमका मानवश्रोत र प्राबिधिक श्रोतसम्म पहुँच र त्यसबाट लाभान्वित हुने अवशर नेपाली विद्द्यार्थीहरुको करियर यात्रामा एक कोशेढुंगो बन्न सक्छ ||युवाहरुमा रहेको निराशाको अवस्थामा परिवर्तन ल्याउन, शिक्षाप्रति सबैको आशा जगाउन र शिक्षालाई आशालाग्दो रोजगारीसंग जोडेर युवा पलायनको बिकराल समस्या भोगिरहेको हाम्रो देशको समग्र अवस्थामा सुधार ल्याउन यो यस्ता प्रभावकारी रोजगारमूलक शैक्षिक कार्यक्रमहरुले उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ |

विज्ञहरु पनि हाम्रो देशमा यस्तै पृथक शैलीका र साँचो अर्थमा जीवन र जगतको रुपान्तरणको माध्यम बन्ने शैक्षिक कार्यक्रमको खाँचो रहेको कुरामा जोड दिन्छन |

- ADVERTISEMENT -
- ADVERTISEMENT -