रत्ननगर,भदौ ५- रत्ननगर उद्योग बाणिज्य संघमा उद्योग तथा वाणिज्य कार्यालय भरतपुरका कार्यालय प्रमुख बिनोद पौडेल स्वागत तथा करमा देखिएको अन्यौलताबारे अन्तर्कृया कार्यक्रम गरिएको छ ।
कार्यालयमा भर्खरै सरुवा भएर आएका पौडेललाई संघले एक औपचारिक कार्यक्रमको आयोजना स्वागत तथा सम्मान गरेको हो ।
- ADVERTISEMENT -

कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले कार्यालय प्रमुख पौडेललाई खादा र माला लगाएर स्वागत गरेका हुन् । सो अबसरमा करका विषयमा देखिएको अन्यौलताको विषयमा अन्तरक्रिया गरिएको संघका कार्यसमिति सदस्य अनिल अधिकारीले जानकारी दिनुभयो ।
- ADVERTISEMENT -

राज्यको दोहोरो कर नीतिका कारण व्यवसायी मारमा परिरहेको भन्दै व्यवसायीहरुले त्यस तर्फ राज्यको ध्यानर्कषण गराएका थिए ।
- ADVERTISEMENT -

संघका अध्यक्ष गिरीको स्थानीय स्तरमा आर्थिक गतिविधिहरुलाई अगाडि बढाउन दुई संस्थाको समन्वयमा तालिमहरु आयोजना गर्नका लागि आग्रह गरे ।
- ADVERTISEMENT -

रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम नेउवामहासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ र पूर्व अध्यक्ष ज्ञान बहादुर विसुरालले आर्थिक मन्दीका कारण व्यवसायहरु चलायमान नभएको र व्यवसायीहरुलाई आवश्यक तालिमहरु, व्यवसाय दर्ता तथा नविकरणमा सहजीकरण गर्नका आग्रह गरे ।
कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालय चितवनका प्रमुख पौडेलले व्यवसाय दर्ता प्रक्रिया, सेवाग्राहीहरुलाई झन्झटिलो प्रक्रियाहरुबाट मुक्त गर्न संस्था र आप्mनो तर्फबाट सहजीकरण गर्न सधै तत्पर रहेको बताए ।
उद्योग तथा बाणिज्य कार्यालय नमुना कार्यालयका लागि पहल भइरहेको, प्रविधि र तालिम हस्तान्तरणका लागि रत्ननगर उद्योग वाणिज्य संघ संग सहकार्यमा कार्य अगाडि बढउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको लगायतको उपस्थिति रहेको थियो । रत्ननगर उद्योग वाणिज्य संघ वाणिज्य बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेको सो कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले कार्यक्रम संचालन गरेका थिए ।