चितवन ,भदौ ५ – भरतपुर अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्युु भएको छ।उपचारको क्रममा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा सो महिलाको मृत्यु भएको हो।
चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा भरतपुर १२ मुनालचोक बस्ने ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।
- ADVERTISEMENT -

अस्पतालमा मंगलबार राति १० बजे बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो ।
- ADVERTISEMENT -

काफ्लेका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।
- ADVERTISEMENT -
