काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

August 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, भदौ ४- काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले मंगलबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा धरानदेखि काठमाडौं आउँदै गरेको बा. प्र. ०१-००६ ख ५८८४ नम्‍बरको बसमा चेकजाँच गरेको थियो।

- ADVERTISEMENT -

Advertisement

त्यसमा झापा घर भई सुनसरीको ईटहरी उपमहानगर-५ पचुर्की बस्ने ३५ वर्षीय सुरेश थापालाई शंका लागेर चेक गर्दा उनीबाट खैरो हेरोइन ९७.७ ग्राम बरामद भएको थियो। 

- ADVERTISEMENT -

Advertisement

उनीमाथि सोधपुछ गरेपछि अर्का एक जनाको पनि संलग्नता रहेको भन्दै बालाजुको माछापोखरीबाट अर्का एक जनालाई पनि पक्राउ गरेको हो। माछापोखरीबाट नुवाकोटका ३६ वर्षीय रामकुमार थपलियालाई पक्राउ गरेको हो।

- ADVERTISEMENT -

Advertisement

उनीबाट प्रहरीले ७५ हजार ५०० रुपैयाँ र थप चार ग्राम खैरो हेरोइन बरामद गरेको थियो। 

दुबै जनामाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -