खोलाले बगाएर बेपत्ता भएका बालक मृत फेला

August 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, भदौ ४- चितवनको कालिका नगरपालिका–७ स्याउली बजारस्थित बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् । आज दिउँसो साढे १ बजेको समयमा कालिका–७ बस्ने उत्तम अर्यालको ६ वर्षीय छोरा हरिराम अर्याललाई हातखुट्टा धोइरहेको अवस्थामा खोलाले बगाएको थियो ।

दिउँसो साढे ३ बजेको समयमा घटनास्थलबाट करिब चार किमी तल कालिका–६ मुलिजुली चोक स्थित कुलोमा बालक मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -