रोल्पामा अटो दुर्घटना हुँदा तीन जना घाइते 

August 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, भदौ ४- रोल्पामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। 

दुर्घटनामा परी अटो चालक रोल्पा नगरपालिका– ४ का ३२ वर्षीय मनिष विक, रोल्पा – ६ कोटगाउँका ३० वर्षीय कुलबहादुर विक र सोही ठाउँकी ४५ वर्षीया सीता विक घाइते भएका छन्। 

- ADVERTISEMENT -

Advertisement

घाइतेमध्ये चालक मनिषको बाँया कुमको हड्डी भाँचिएको छ भने दाहिने हातमा चोट छ। त्यस्तै, कुलबहादुरको घुडा र आँखामा चोट छ भने सीताको बाँया हात भाँचिएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशबराज बराकोटीले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

मंगलबार मध्याह्न १२ बजेतिर रोल्पा–२ माडी पुलमा लिबाङदेखि माडीचौरतर्फ जाँदै गरेको रा १ ह ६१८४ नम्बरको अटो अनियन्त्रित भई पुलमा ठोक्किन पुगेको थियो। 

- ADVERTISEMENT -

Advertisement

घाइते सबैको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको प्रहरी निरीक्षक बराकोटीले बताए।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -