म्याजिक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ७ जना घाइते

August 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, भदौ ४- कैलालीमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा ७ जना घाइते भएका छन्।

- ADVERTISEMENT -

Advertisement

सोमबार गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो।

- ADVERTISEMENT -

Advertisement

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिश्राम चौधरीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरी घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

- ADVERTISEMENT -

Advertisement

यस्तै म्याजिकमा चालकसहित ८ जना सवार रहेकोमा ७ जना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।

 म्याजिक चालक प्रकाश बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -