तरकारी बेच्न हिडेका बाबु छोरी चढेको मोटरसाइकल खोलाले बगायो

August 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कावासोती,भदौ ४- नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको छ । मध्यविन्दु ९ बसन्तपुरमा रहेको खहरे खोलाले २८ प ६९५ नं को मोटरसाइकल बगाएको हो ।

हुप्सेकोट गिरुबारीबाट मोटरसाइकलमा तरकारी लिएर बेच्न हिडेका देव बहादुर मगर र उनकी छोरी तुलसी फालमगर चढेको मोटरसाइकल खहरे खोलाको बाढिले बगाएको नवलपुर प्रहरीले जनाएको छ । मोटरसाइकल र बेच्न लैजान लागिएको तरकारी खोलाको बाढिले बगाएको भए पनि मोटरसाइकलमा सवार बाबु छोरीको भने उद्धार गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार बाबु छोरीलाई उद्धार गरेर घर पठाईएको र उनिहरुको मोटरसाइकलको खोजी भैरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

    - ADVERTISEMENT -
    - ADVERTISEMENT -