परराष्ट्रमन्त्री आरजुलाई नयाँ दिल्लीमा बुलेट प्रुफ’ गाडीको सुरक्षा

August 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,भदौ २- पाँच दिने भ्रमणका लागि आइतबार भारत गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा परिवारका सदस्यहरूको दलबलसहित नयाँ दिल्लीमा रहेको खुलेको छ। भारतीय समकक्षी एस जयशंकरको औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री राणासँगमा परिकारका सदस्य पनि रहेका छन्।

स्रोतका अनुसार, परराष्ट्रमन्त्री राणाका छोरा जयवीर सिंह देउवा र अन्य पारिवारिक सदस्य पनि नयाँ दिल्लीमा छन्। मन्त्री राणालाई नयाँ दिल्लीमा रहँदा भारत सरकारले नै सरकारी गाडीसहितको सुरक्षा उपलब्ध गराएको छ। राणालाई स्वागत गर्न भारत सरकारले डीएल ३ सीसीवाई ००८ नम्बरको मर्सिडिज बुलेड प्रुफ कार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो।

- ADVERTISEMENT -

Advertisement

नयाँ दिल्ली पुगेसँगै उनी साकेटस्थित सेराटन होटलमा भेटघाटका कार्यक्रम गरिरहेकी छन्। उनको बसाइँ पनि सोही होटलमा व्यवस्थापन गरिएको छ। परराष्ट्रमन्त्री राणाको स्वागतमा नयाँ दिल्लीस्थित नेपाली दूतावासले आइतबार रात्रिभोजको आयोजनासमेत गरेको छ। परराष्ट्रमन्त्री राणाले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -