भक्तपुर,भदौ २- भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा हराएका तीन भारतीय र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार गरिएको छ ।
पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा उनीहरु बाटो भुलेर जंगलमा नै अलपत्र परेका थिए । भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेललाई आज हलहले खोप (खोल्ची) क्षेत्रमा फेला पारिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिए।
- ADVERTISEMENT -

पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले खोजीका लागि सबैमा आह्वान गरेका थिए । हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए।
- ADVERTISEMENT -
