भरतपुर, भदौ २- भरतपुर महानगरपालिका वडा नं–१०, रिजाल चोकस्थित युनिक प्लटिङनजिकै स्कुटरले कारलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।
बागमती प्रदेश ०३–००३ प ५२८५ नम्बरको स्कुटरले प्रदेश ३–०१–०२३ च १३०३ नम्बरको कारलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर–४, त्रिचोक बस्ने ४१ वर्षीय डोलराज पौडेल र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने ८६ वर्षीय खिमलाल पौडेल घाइते भएका हुन् ।
- ADVERTISEMENT -

घाइतेहरुको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको र कार चालक भरतपुर–९, शरदपुर बस्ने ५१ वर्षीय रमेश अर्याल उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
