काठमाडौं, भदौ २- नेकपा एकीकृत समाजवादीका नेता एवं राष्ट्रियसभा सदस्य बेदुराम भुसालले लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् ।
आइतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै भुसालले अहिले संविधान संशोधनको चर्चा चलिरहेको भन्दै त्यसका नाममा लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका हुन् ।
- ADVERTISEMENT -

संविधान संशोधनको उद्देश्य स्पष्ट हुन नसकेको भन्दै भुसालले दुई दलीय व्यवस्था कायम गर्ने वा समानुपातिक समावेशी हटाउने काम स्वीकार्य नहुने स्पष्ट पारे ।
- ADVERTISEMENT -

उनले दुई दलबीच (कांग्रेस-एमाले) को सहमतिलाई राष्ट्रिय सहमतिको भाष्य सिर्जना गर्न खोजिएको भन्दै त्यो सहमति राष्ट्रिय सहमति हुन नसक्ने धारणा राखे ।
- ADVERTISEMENT -

भुसालले संविधान निर्माणपछि बनाउनुपर्ने कानूनमा सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी हुनुपर्ने बताए ।
- ADVERTISEMENT -

महत्त्वपूर्ण विधेयकहरू निर्माणको गति निकै सुस्त भएको उनले बताए । उनले साँच्चै संविधान संशोधन गर्ने हो भने राष्ट्रिय बहसको आवश्यकता पर्ने जिकिर गरे ।