थप ५ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५५ पुग्यो

August 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, भदौ २- नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित छन् ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।  बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -