खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते

August 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दाङ, भदौ २- बाँकेमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार बैजनाथ गाउँपालिका ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका २ का २८ वर्षीय सन्दिप बिष्ट एक समूहको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन्।

हिजो (शनिबार) बेलुकी ८ बजेतिर राप्ती सोनारी २ बिलौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट घाइते मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट छ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको स्रोतले बताएको छ।

- ADVERTISEMENT -

Advertisement

    - ADVERTISEMENT -
    - ADVERTISEMENT -