काठमाडौँ, साउन ३२- फिल्म ‘बुलाकी’ आजदेखि प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मलाई बलिउडको ‘स्त्री २’ ठुलो चुनौती बन्न सक्छ । किनभने बिहीबार रिलिज भएको यो फिल्मले ओपनिङ व्यवसाय राम्रो गरेको छ ।
बक्स अफिसमा ‘बुलाकी’को यो दोस्रो परीक्षा हो । यसअघि यो फिल्म २०८० सालको वैशाखमा प्रदर्शनमा आएको भए पनि, दोस्रो दिनमै विभिन्न कारणले स्थगित गरिएको थियो । निर्देशक लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मले कर्णाली भेगको जारी प्रथाको कथावस्तु उठाएको छ । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, धनबहादुर राई, झलनाथ खत्री, सुशील पोखरेल, कुलदीप अधिकारी, लक्ष्मण देवकोटा लगायतको अभिनय छ ।
- ADVERTISEMENT -
निर्माण टोलीले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउनका लागि दर्शकहरूको चासोलाई मध्यनजर गर्दै र चलचित्रलाई फेरबदल गरेर पुनः प्रदर्शन गर्ने निर्णय गरेको छ । अभिनेता तथा निर्माता विराज विष्टले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने क्रममा यसअघि देखिएका कमजोरीहरूलाई सुधार गरेर दर्शकहरूको लागि अझ राम्रो बनाइएको बताउनु भयो ।
- ADVERTISEMENT -