चितवन, साउन २०– चितवनमा तेस्रो बासस्थान नवप्रवर्धन सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र काठमाण्डौँ विश्वविद्यालयको संयुक्त आयोजनामा भदौ ३१ देखि असोज १ गतेसम्म चितवनको रामपुरमा सम्मेलन हुन लागेको हो ।
फोहोर व्यवस्थापन समाधानहरुलाई उर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्धन र वातावरण संरक्षणसंग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नेपाल फोहोरमा आधारित उद्यमशिलतामा अगाडि बढ्नुपर्ने धारणा सहित सम्मेलनको आयोजना गर्न लागिएको पूर्वमन्त्री गणेश साहले जानकारी दिए ।
- ADVERTISEMENT -
‘अहिले देशभरका नगरप्रमुखहरुलाई फोहोर व्यवस्थापनको टाउको दुखाईको विषय बनेको छ । त्यो फोहोर व्यवस्थापनबाट आर्थिक अर्थतन्त्र बलियो बनाउनका लागि बासस्थान नवप्रवर्धन सम्मेलन गर्न लागेका हौँ’, उनले भने ‘वातावरण सफा राख्ने हो भने खाद्यन्नको उत्पादनमा बृद्धि ल्याउन सक्छौँ।’
- ADVERTISEMENT -
यस सम्मेलनले चुनौतीहरुको पहिचान र समाधान गर्न विद्यार्थीहरुलाई सशक्त बनाउन सहयोग पुग्ने उनले बताए । कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानी कर्ता, केन्द्रीय र स्थानीय सरकारी निकाय, गैरसरकारी संस्था, कृषि विश्वविद्यालय, काठमाण्डौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सरसफाई प्रविधिमा विशेषता भएका व्यक्तिहरुको उपस्थिति रहने छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा वातावरण, दिशाजन्य फोहोर व्यवस्थापन र खाद्यय सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत गरिने भएको छ । सम्मेलनमा भर्चुअल मार्फत समेत विशेषज्ञले आफ्नो प्रस्तुती राख्नेछन् ।
- ADVERTISEMENT -
यस्तै सम्मेलनमा प्यालन छलफल, प्राविधिकहरुको सत्र, नगरपालिका प्रमुखहरुले फोहर व्यवस्थापनमा झेलिरहेका समस्या, स्नातकोत्तर विद्यार्थीहरुका प्रस्तुति, रोजगारी मेला र भर्ना, नेटवर्किङ, प्रर्दशनी, सरकारी निकायको प्यानल जस्ता विषयहरू प्रस्तुत गरिने । यसले खाद्य सुरक्षा, सरसफाई र वातावरण व्यवस्थापनमा रहेका चुनौतीहरुको समाधान गर्न सहयोग पुग्ने अपेक्षा लिईएको छ । कार्यक्रममा नेदरल्याण्डको ग्लोबल ग्राजुयट स्कुल (जीएसजीएस) तथा अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुको पनि सहकार्य हुनेछ ।
- ADVERTISEMENT -
पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयले ८० जना विद्यार्थीलाई फोहर व्यवस्थापन, खाद्य सुरक्षा तथा सरसफाइजस्ता विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म ३० जना पास आउट भइसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताए ।