क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक

July 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, साउन ८- चीन सरकारको सहयोगमा यहाँ निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् ।

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा देजकुमार गौतम सन् २००५ देखि चिनियाँ चिकित्सक टोली यहाँ आउन थालेको बताउनुहुन्छ । विगतमा प्रत्येक दुई–दुई वर्षमा १५ जनाको चिकित्सक टोली आउने गरेकामा पछिल्लो पाँच वर्षदेखि बर्सेनि नयाँ टोली आउने गरेको गौतमले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

टोलीमा १५ जना फरक–फरक विधाका चिकित्सक, एकजना भान्से र एकजना भाषा मध्यस्थताकर्ता गरी १७ जनाको टोली आउने गर्दछ । उनीहरूले चिनियाँ परम्परागत उपचार पद्धतिबाट पनि यहाँ सेवा दिने गरेको डा गौतम बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिनियाँ परम्परागत एक्युपञ्चर, एक्युप्रेसर, फिजियोथेरापीलगायत सेवा चिनियाँ चिकित्सकले दिने गर्नुभएको छ ।”

- ADVERTISEMENT -

Advertisement

क्यान्सर अस्पताल स्थापना हुँदा नेपालमा क्यान्सर रोग विशेषज्ञ नभएको अवस्थामा चिनियाँ चिकित्सक आएर यहाँका चिकित्सकलाई क्यान्सर रोगको उपचारबाट ज्ञान र सीप प्रदान गर्ने गरेको डा गौतमको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ क्यान्सर रोगको विशेषज्ञ चिकित्सक थिएनन्, अन्य चिकित्सकलाई चिनियाँ क्यान्सर रोग विशेषज्ञले सिकाउनुपर्ने अवस्था थियो ।”

- ADVERTISEMENT -

Advertisement

अहिले दुवै देशका चिकित्सकले ज्ञान र सीप आदान प्रदान गर्ने अवस्था छ । पन्ध्रौँ टोलीमा पछिल्लो एक वर्षदेखि नाक, कान, घाँटी (इएनटी) विभागमा कार्यरत चिनियाँ डा हान साङ्जी नेपालमा ‘एड्भान्स स्टेज’मा आउने बिरामीको उपचारबारे आफूहरूले ज्ञान हासिल गरेको बताउनुहुन्छ । साङ्गजीले भन्नुभयो, “चीनमा क्यान्सरको पहिलो–दोस्रो चरणमा बिरामी अस्पताल आउँछन्, यहाँ तेस्रो–चौथो स्टेज पुगेपछि मात्रै धेरैजसो बिरामी अस्पताल आउने गरेको पाइयो ।”

- ADVERTISEMENT -

Advertisement

उहाँले भन्नुभयो, “थोरै साधन स्रोतमा जटिल प्रकृतिको उपचार कसरी गर्ने भन्नेबारेमा यहाँबाट सिक्ने अवसर पाइयो ।” नेपालमा विभिन्न अस्पतालमा चाहार्दै क्यान्सर अस्पतालमा बिरामी आइपुग्दा ढिला हुने गरेको उहाँको अनुभव छ । उहाँका अनुसार यहाँका क्यान्सरका बिरामी गाउँका स्वास्थ्यचौकी अन्य अस्पताल हुँदै क्यान्सर अस्पतालसम्म आउन धेरै ढिलो भइसक्छ ।

नेपालमा धेरै सम्मान पाएको बताउँदै बी चुइनले नेपाल आउँदा सुरुका दिनमा केही कठिन भए पनि विस्तारै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका डाक्टर, कर्मचारी सहयोगी छन् ।”

पन्ध्रौँ टोलीका अर्थोपेडिक सर्जन डा बी चुइन चाङ नेपाली चिकित्सकसँग छलफल गरेर उपचार गर्ने गरेको बताउनुहुन्छ । नेपालका अन्य अस्पतालमा आधा उपचार गरेर क्यान्सरका बिरामी पठाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरका बिरामी अन्य अस्पताल पुग्छन्, त्यहाँ आधा उपचार हुन्छ, बल्ल क्यान्सर अस्पताल आउँछन् ।” नेपालका अन्य चिकित्सकलाई पनि क्यान्सर रोगबारे सिकाउनुपर्ने उहाँको सुझाव छ ।

नेपालमा अझै पनि प्रविधि र सीपको अभाव रहेको डा चुइनको अनुभव छ । नेपालमा ‘इम्प्लान्ट र थ्रिडी कम्प्युटराइज’ प्रविधि भित्र्याउन सके उपचारमा सहज हुने बताउनुभयो । उहाँले नेपालमा ‘बायो इन्जिनियरिङ’को पनि अभाव रहेको औँल्याउनुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -