१५ जनासँग सोधपुछ, पूर्व राज्यमन्त्रीका सहयोगीलाई पोलिग्राफ गराइँदै

July 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ,साउन ८- सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे अनुसन्धान गर्न प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरेको छ । हत्यामा संलग्न आशङ्कामा उनीहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका एकजना अधिकृतले बताए ।

पूर्वराज्यमन्त्री राय साउन ७ मा आफ्नै घरमा मृत भेटिएका हुन् । रतनपुरमा उनका ३ वटा घर छन् । तीमध्ये एउटा घरमा सहयोगी राम उजेन रायसँग पूर्वमन्त्री बस्दै आएका थिए । 

- ADVERTISEMENT -

Advertisement

रायका एक छोरा अस्ट्रेलिया र अर्का छोरा काठमाडौँमा बस्छन् । पूर्वमन्त्रीका भाइ चन्द्रपुर नगरपालिकाका पनि मेयर हुन् ।

- ADVERTISEMENT -

Advertisement

सहयोगीको रूपमा कार्यरत २१ वर्षीय रायलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सहयोगीको बोलेको कुरा यकिन गर्न उनको पोलिग्राफ परीक्षण गरिँदै छ । 

- ADVERTISEMENT -

Advertisement

मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले सहयोगीलाई पोलिग्राफ गराउन लागिएको बताए । उनले भने–‘उनको भनाइको सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गर्दै छौँ ।’

- ADVERTISEMENT -

Advertisement

सहयोगीले राति घरमा ३ जना मानिसहरू आएको बताएका छन् । प्रहरीसँगको बयानमा युवकले भनेका छन्, ‘साढे ९ बजेतिर ३ जना आएका थिए, यहीँ बस्ने भनेपछि उहाँ (पूर्व राज्यमन्त्री)को आग्रह अनुसार मैले ओछ्यान मिलाइदिएँ ।’

राति बास बस्न आएका भनिएका ३ जना मानिसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, प्रहरीले अहिलेसम्म उनीहरूको पहिचान गर्न सकेको छैन । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -