चितवनमा जग्गाको कारोबार घट्दो ! नयाँ मौद्रिक नीतिले सकारात्मक प्रभाव पार्ने अपेक्षा

July 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर, साउन ८- चितवनमा जग्गा किनबेचको कारोबार झनै घटेको छ । मालपोत कार्यालयहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भन्दा गत आर्थिक वर्ष २०८०/८१ मा जग्गा खरिद–बिक्री घटेको छ । आर्थिक मन्दीका कारण जग्गाको कारोबारमा गिरावट आएको हो । जग्गाको कारोबार बढ्न नसक्दा बैंकहरुमा आर्थिक तरलता बढेको छ ।

मालपोत कार्यालय भरतपुरका अनुसार गत आवमा छ हजार ९८७ वटा जग्गाको खरिद–बिक्री भयो । अघिल्लो आवमा सात हजार ४६८ वटा जग्गा खरिद–बिक्री भएको थियो । पछिल्लो छ महिनामा जग्गा किनबेचको कारोबार शून्यजस्तै भएको मालपोत कार्यालय भरतपुरका मालपोत अधिकृत टीकाराम अधिकारी बताउँछन् । ‘मेरो छ वर्षको अनुभवमा जग्गा खरिद–बिक्रीमा यतिधेरै गिरावट कहिल्यै आएको थिएन । पछिल्लो छ महिनायता त शून्यजस्तै छ’, उनले भने ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक मन्दीकै कारण घरजग्गाको कारोबारमा कमी आएको हुन सक्ने उनी बताउँछन् । मालपोत कार्यालय भरतपुरको सेवा क्षेत्रअन्तर्गत भरतपुर महानगरपालिका वडा नं–१ देखि १४ सम्म, वडा नं–१६, वडा नं–२२, २९, रत्ननगर नगरपालिकाको वडा नं–१, २, ४, ६ र ७ देखि १६ सम्म, कालिका नगरपालिकाको वडा नं–१ देखि ९ सम्म र इच्छाकामना गाउँपालिका पर्छ ।

- ADVERTISEMENT -

Advertisement

मालपोत कार्यालय माडीमा गत आवमा एक हजार १८१ वटा जग्गा खरिद–बिक्री भए । जसबाट तीन करोड २२ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन भयो । अघिल्लो आवमा एक हजार ५६२ वटा जग्गा खरिद–बिक्री हुँदा तीन करोड ५७ लाख ४२ हजार रूपैयाँ राजस्व उठेको थियो । जग्गा खरिद–बिक्री घटेपछि सरकारले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ । मालपोत कार्यालयले लिने सेवा कर, रजिष्ट्रेसन दस्तुर, डोर सुविधा शुल्क र विलम्ब शुल्कको ६० प्रतिशत राजस्व सम्बन्धित स्थानीय तहमा जान्छ भने ४० प्रतिशत राजस्व प्रदेश सरकारको खातामा जाने गर्छ । मालपोत माडीको सेवा क्षेत्रमा माडी नगरपालिकाका सबै वडा पर्छन् ।

- ADVERTISEMENT -

Advertisement

मालपोत कार्यालय खैरहनीले गत आवमा एक हजार ७३६ वटा जग्गाको राजीनामा लिखत पारित ग¥यो । जग्गाको राजीनामा लिखत भन्नाले जग्गा खरिद–बिक्री भएको भन्ने बुझिन्छ । अघिल्लो आवमा एक हजार ८०४ वटा जग्गाको राजीनामा लिखत पारित भएको थियो । खैरहनीमा पनि गत आवमा ६८ वटा जग्गा कम खरिद–बिक्री भएको देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

मालपोत खैरहनीको सेवा क्षेत्रअन्तर्गत रत्ननगर नगरपालिका वडा नं–३, ५, खैरहनी र राप्ती नगरपालिकाका सबै वडा, इच्छाकामना गाउँपालिका वडा नं–१, २ र कालिका नगरपालिका वडा नं–९ पर्छन् ।

मालपोत कार्यालय चनौलीमा भने गत आवमा जग्गाको खरिद–बिक्री केही बढेको देखिन्छ । मालपोत चनौलीका प्रमुख नरहरि सापकोटाका अनुसार गत आवमा चार हजार २१३ वटा जग्गाको राजीनामा लिखत पारित हुँदा ४६ करोड ३८ लाख ५९ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आवमा तीन हजार ९५३ वटा जग्गाको राजीनामा लिखत पारित भएको थियो, जसबाट ४१ करोड ९५ लाख ८६ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । चनौलीमा अघिल्लो आवको तुलनामा गत आवमा २६० वटा बढी जग्गा खरिद–बिक्री भएको देखिन्छ । मालपोत चनौलीको सेवा क्षेत्रअन्तर्गत भरतपुर महानगरको वडा नं–१५, १७ देखि २१ सम्म र २३ देखि २८ सम्म पर्छन् ।

काठमाडौँका सहकारी संस्थाले किनेका जग्गा शेयर सदस्यहरुलाई बिक्री गर्दा चनौलीमा जग्गाको कारोबार केही बढी देखिने घरजग्गा व्यवसायी दिनेशकुमार चुके बताउँछन् । ‘काठमाडौँका सहकारीहरुले बचतकर्ताहरुलाई सस्तो मूल्यमा जग्गा बिक्री गरेकाले त्यहाँ किनबेच केही बढेको जस्तो देखिएको हो । बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि सहकारीले जग्गा बिक्री गरेका छन्’, उनले भने । समग्र जिल्लामा गत आवमा घरजग्गाको किनबेच ठप्प भएको उनी बताउँछन् । घरजग्गा बिक्री नहुँदा बैंकलाई व्याज र किस्ता तिर्नमात्रै भएको उनले बताए ।

घरजग्गामा गरिने लगानीमा बैंकले कडाइ गर्नु, रेमिट्यान्स रकम घरजग्गाको खरिद–बिक्रीमा कम प्रयोग हुनु र आर्थिक मन्दीलगायतका कारणले गर्दा घरजग्गाको खरिद–बिक्रीमा गिरावट आएको उनी बताउँछन् । घरजग्गाको कारोबारलाई उकास्न नयाँ मौद्रिक नीतिले सकारात्मक प्रभाव पार्ने उनको अपेक्षा छ ।

‘बैंकमा जम्मा भएर बसेको जुन पैसा छ त्यसलाई बाहिर ल्याउन ऋण लगानीलाई सहज बनाउने गरी मौद्रिक नीति आएको अवस्थामा घरजग्गाको कारोबार पुनः उकासिने छ । त्यस्तो मौद्रिक नीति आउने घरजग्गा व्यवसायीले अपेक्षा गरेका छौँ’, उनले भने । घरजग्गाको कारोबारमा आव २०७६/७७ देखियता करिब ७० प्रतिशतले घटेको उनको विश्लेषण छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -