चितवन, साउन ८- सिमलताल दुर्घटनामा बेपत्ता भएका बस र यात्रु खोज्न घटनास्थलदेखि केराबारीसम्म आज दोहोर्याएर खोजी गरिँदै छ । उक्त क्षेत्रमा केहि शंकास्पद वस्तु भएको हुन सक्ने अनुमान भएकाले दोहोर्याएर खोजी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडीआरएफ)सहितको संयुक्त टोलीले बिहान साढे ८ बजेदेखि उक्त क्षेत्रमा खोज तथा उद्धारको काम गर्दै छ । एनडीआरएफ, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले गोलाघाटसम्मै खोज तथा उद्धारको काम गरिरहेको छ ।
- ADVERTISEMENT -
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । दुर्घटना भएको आज ११ दिन भइसक्दा पनि दुवै बस भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेको छ भने १९ जनाको मात्रै सनाखत भएको छ ।
- ADVERTISEMENT -