मलेसियामा नेपाली तेक्वान्दो खेलाडीलाई १० पदक, खैरहनी–१० का सन्तोषलाई रजत

July 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मलेसिया, साउन ८– मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ स्वर्ण र ३ रजत गरी जम्मा १० पदक जित्न सफल भएका छन् ।

मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको स्पलेन्ड मलमा भएको खेलमा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै १० पदक जित्न सफल भएका हुन् । नेपाली खेलाडीहरुमा नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक जित्न सफल भएका हुन् भने पूर्वीचितवनको खैरहनी–१० का हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जितेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेपालबाट मलेसियामा पुगेका १६ जनाको जम्बो टोलिमा १२ खेलाडी सहित टिम म्यानेजर आशिष घिमिरे, रेफ्री उमर खान र प्रशिक्षक द्वय रोशन खान र कमल भट्टराई प्रशिक्षक रहेका थिए । रोशन खान तेक्वान्दो चितवन जिल्लाको प्रशिक्षक पनि हुन् ।
आईतबार सम्पन्न खेलमा मलेसिया, नेपाल, जापान, ईन्डोनएसिया, ब्राजिल, चाईना, ताईवान, भारत गरी ८ देशको सहभागीता रहेको थियो।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै खेल पश्चात् पत्रकारहरुसँग प्रशिक्षक खानले अहिले सम्म नेपालमा स्थानीय तह, प्रदेश र संघीय सरकारले विश्वभरी देशको नाम चिनाउने खेलाडी अथाह खेल्कुद भए पनि अहिले सम्म खेल्कुद क्षेत्रमा जति बजेट पाउनु पर्ने पर्याप्त बजेट नपाएकोले नेपाली खेलाडी पछि परेको गुनासो गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

    - ADVERTISEMENT -
    - ADVERTISEMENT -
    - ADVERTISEMENT -