मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु 

July 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ७- दाङको लमहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी स्थानीय १० वर्षीया  स्वस्तिका चौधरीको मृत्यु भएको हो। स्वस्तिका आफ्नो घरबाट छिमेकीको घरमा जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो। उनी स्थानीय चन्द्रप्रसाद चौधरीकी छोरी हुन्।

- ADVERTISEMENT -

Advertisement

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार आइतबार बेलुका करिब पौने आठ बजेतिर बाटो काट्दै गरेकी स्वस्तिमालाई लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते तुल्याएको थिय। मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै थियो। 

- ADVERTISEMENT -

Advertisement

गम्भीर घाइते बालिकालाई उद्धार गरी लमही अस्पतालमा उपचारका लागि लगिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको भुसालले बताए। 

- ADVERTISEMENT -

Advertisement

ठक्कर दिने मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महादेवाका  २९ वर्षीय अपिल शर्मा पनि घाइते छन्।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -