काठमाडौँ,साउन ७- नेपालीले एक वर्षमा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी खाएको पाइएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -
विभागको तथ्यांक अनुसार एक वर्षमा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी नेपालमा आयात भएको छ ।
- ADVERTISEMENT -
यस्तै नेपालबाट पनि केही मात्रमा तरकारी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । नेपालबाट ८२ करोड रुपैयाँको तरकारी निर्यात भएको विभागले जनाएको छ ।
- ADVERTISEMENT -
तरकारीबाट सरकारले एक वर्षमा करिब २७ अर्ब ४८ करोड रुपैयाँको घाटा बेहोरेको छ । यस्तै सरकारले एक वर्षमा ४ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा भारतबाट १४ अर्ब ६ करोड र चीनबाट २ अर्ब ३६ करोड रुपैयाँ बारबारको करिब चार लाख मेट्रिक टन तरकारी आयात भएको छ । यस्तै अन्य मुलुकबाट १ लाख मेट्रिक टनभन्दा बढीको तरकारी आयात भएकाे विभागको तथ्यांक छ ।