भ्रष्टाचारविरुद्ध लड्दालड्दै सरकार गिराइयो : प्रचण्ड

July 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, साउन ७- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ ।

आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गर्दै आएको थियो तर कतिपयलाई त्यो मन परिरहेको थिएन । त्यसैले सरकार गिराइयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै वाईसीएलका एक नेताले भने, ‘राम्रो काम गर्दागर्दै सरकारबाट हटाइए पनि सुशासनको पक्षमा लागिरहन्छौं ।’

- ADVERTISEMENT -

Advertisement

आफू नेतृत्वको सरकारले जनपक्षीय काम गरेको जिकीर गर्दै प्रचण्डले त्यसको मूल्यांकन जनताले गरेको बताए । सरकार बाहिरै रहेर सुशासन र समृद्धिको पक्षमा सरकारलाई खबरदारी गरिरहने पनि उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष प्रचण्डले सरकारले गरेका राम्रा कामबारे कार्यकर्ता र जनतालाई बुझाउन जरुरी रहेको भन्दै त्यसमा भूमिका खेल्न युवाहरुलाई आह्वान गरे ।

- ADVERTISEMENT -

Advertisement

‘हामीले गरेका काम पब्लिक लेभलमा राम्रो परेको छ,’ प्रचण्डले भनेका थिए, ‘तल्लो तहका वर्ग समुदायसँग पार्टी र नेताहरु जोडिने गरी नयाँ कार्यक्रम बनाएर जनतामा जानुपर्छ ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -