सवारी दुर्घटनामा घाइते भएकी सुष्माको मृत्यु

July 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर, साउन ७- साउन ४ गते राति भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु भएको छ । भरतपुर–२, आँपटारीस्थित बाइपास सडकमा विशाल चोकबाट आँपटारी चोकतर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेकी सोही स्थानकी ४२ वर्षीया सुष्मा श्रेष्ठको उपचारका क्रममा आइतबार बिहान करिब ११ बजेको समयमा चितवन मेडिकल कलेजमा मृत्यु भएको आफन्त अनोज जोशीले जानकारी दिए ।

मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हबलदार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले राति करिब साढे ९ बजेको समयमा ठक्कर दिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

मोटरसाइकल चालकले अत्यधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको मृतकका आफन्त जोशीले आरोप लगाएका छन् । ‘बहालवाला प्रहरीले मदिरा सेवन गरेर सवारी चलाएको रहेछ’, उनले भने, ‘आफूले चलाउने सवारीको कागजपत्रसमेत नवीकरण नगरेको देखिएको छ ।’

- ADVERTISEMENT -

Advertisement

महिलालाई ठक्कर दिने मोटरसाइकल चालकसमेत घाइते भई पुरानो मेडिकल कलेजमा उपचारपछि जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मादक पदार्थ सेवन गरेको विषयमा मेडिकल रिपोर्टले बताउने भन्दै बहालवाला प्रहरीबाटै गल्ती भएको देखिएमा कानुनअनुसार कारबाही हुने उनले बताए । उनले भने, ‘मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बुझिएको छ । हामी घटनाको अनुसन्धानमै छौँ । दोषी ठहरिए कानुनअनुसार कारबाही भइहाल्छ ।’

- ADVERTISEMENT -

Advertisement

मृतकका आफन्तले भने जनताको सेवामा कार्यरत रहेकै प्रहरीबाट भएको गल्तीमा प्रहरी प्रशासनले ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -