बाइडेन दौडबाट बाहिरिने, ह्यारिसलाई समर्थन

July 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वासिङ्टन, साउन ७- अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यवहार्यताको बारेमा बढ्दो संख्यामा डेमोक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गर्नुभएको छ ।

‘मेरो उम्मेदवारी पुनः निर्वाचित हुने भएतापनि, मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई विश्वास छ, ‘सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभयो । उहाँले आफ्नो निर्णयको बारेमा विस्तृत रूपमा यस हप्ताको अन्त्यमा राष्ट्रसँग कुरा गर्ने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

अर्को पोस्टमा, उहाँले यस वर्ष डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमार उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन र प्रस्ताव गर्न चाहेको बताउनुभयो । ‘डेमोक्र्याटहरू-यो एकजुट भएर ट्रम्पलाई हराउने समय हो। यो गरौं,’ उहाँले भन्नुभयो । वर्तमान अमेरिकी राष्ट्रपति र सम्भावित उम्मेदवार यसअघि चुनाव प्रक्रियामा यति ढिलो दौडबाट बाहिरिएका छैनन् । रासस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -