काठमाडौं, साउन ७- नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
- ADVERTISEMENT -
सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
- ADVERTISEMENT -
यस्तै, सोमबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
- ADVERTISEMENT -
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
- ADVERTISEMENT -