पूर्वी चितवनको राप्तीमा ट्रक र बलेरो ठोक्किदा एक जना घाइते

July 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, साउन ७- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका–२ गड्यौली चोकमा ट्रक र बलेरो ठोक्किदा बलेरो चालक घाइते भएका छन् ।

गएराति १२ः४० बजेको समयमा पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ६ ख २४२४ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ च २९५७ नम्बरको केरा बोकेको बलेरो आपसमा ठोक्किएका थिए ।

- ADVERTISEMENT -

Advertisement

दुई सवारी आपसमा ठोक्किदा बलेरो चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–३ बस्ने बर्ष २७ को प्रदिप तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

घाइतेको मुख र ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -