काठमाडौं, साउन ६- प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिबारेमा परेको रिटको निरुपण अब संवैधानिक इजलासबाट हुने भएको छ ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आइतबार भएको प्रारम्भिक सुनुवाइपछि प्रधानमन्त्रीको नियुक्तिबारेको विवादको निरूपणका लागि संवैधानिक इजलासमा पठाउने आदेश भएको हो।
- ADVERTISEMENT -
संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई त्यही उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको दाबीसहित तीनवटा रिट परेका थिए ।
- ADVERTISEMENT -
यसमा गम्भीर संवैधानिक विवाद देखिएको भन्दै न्यायाधीश ढकालको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय लिएको हो ।
- ADVERTISEMENT -