चितवन निकुञ्जको राजस्व : एक वर्षमै ३६ करोड ७२ लाख सङ्कलन

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर,साउन ६- चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ३६ करोड ७२ लाख ९२ हजार ८०७ रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

मासिक तथ्याङ्क केलाउँदा साउनमा एक करोड पाँच लाख ३२ हजार ४३, भदौमा एक करोड ७२ लाख २५ हजार ५९४, असोजमा दुई करोड ५१ लाख ८० हजार ७६ र कात्तिकमा चार करोड ५९ लाख ९२ हजार २३६ रूपैयाँ राजस्व सङ्कलन भएको देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

मङ्सिरमा चार करोड ५७ लाख ६१ हजार ५२४, पुसमा दुई करोड ८० लाख १३ हजार ९४५, माघमा दुई करोड १९ लाख ५६ हजार ७१४ र फागुनमा तीन करोड ५१ लाख ४९ हजार ८८५ रूपैयाँ राजस्व सङ्कलन भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

चैतमा पाँच करोड २८ लाख ८९ हजार १४९, वैशाखमा चार करोड १८ लाख ७० हजार ४०३, जेठमा तीन करोड ३२ लाख ३८ हजार १९९ र असारमा ९४ लाख ९१ हजार ६८७ रूपैयाँ राजस्व सङ्कलन भएको हो ।

- ADVERTISEMENT -

Advertisement

निकुञ्जले पर्यटक प्रवेशबाट मात्रै २५ करोड १० लाख १८ हजार चार सय रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यसबाहेक जीव सफारीबाट पाँच करोड ४७ लाख, ढुङ्गा, गिट्टी, बालुवाबाट चार करोड ६५ लाख ३५ हजार ४६९, दण्ड जरिवानाबाट आठ लाख ४३ हजार २२५ र न्यायिक दण्ड जरिवानाबाट पाँच लाख ३२ हजार ९०० रूपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -