कार्यकालको अन्तिम मौद्रिक नीति बनाउँदै गभर्नर अधिकारी

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ६- सामाजिक सञ्जाललाई आधार मान्ने हो भने गएको तीन/चार वर्षमा सबैभन्दा धेरै गाली गरिएका व्यक्तिमा एक हुन् गभर्नर महाप्रसाद अधिकारी । त्यसको कारण थियो, कसिलो मौद्रिक नीति मार्फत बजार र अर्थतन्त्रलाई नियन्त्रण गर्न खोजेको आरोप । राजनीतिक भाषामा भन्ने हो भने सरकारको नेतृत्व कांग्रेस या माओबादी भएको बेला ट्युनिङ नमिलेका गभर्नर । यसैबीच फेरिएको राजनीतिक माहौल तथा गभर्नर कार्यकालको अन्तिम मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेका छन् गभर्नर अधिकारी । आम उद्योगी, ब्यवसायी तथा हर क्षेत्रको लगानीकर्ताको लागि मात्र नभएर स्वयम गभर्नर अधिकारीको लागि समेत यो मौद्रिक नीति  विशेष महत्वको रहेको छ :-

बैंकमा थुप्रिएको ७ खर्ब : बैंक वित्तीय संस्थामा अहिले करिब ७ खर्ब रकम थुप्रिएर बसेको छ । यसको दोष राष्ट्र बैंकलाई लगाइदै आएको छ । राष्ट्र बैंकले समय सापेक्ष बैंकिङ नीतिहरुमा सहजीकरण गर्न नसक्दा बैंकमा पैसा थुप्रिएर बसेको बताउँछन् बैंकर्स संघका अध्यक्ष सुनिल के सी । बैंकमा पैसा थुप्रिएको छ तर कतिपय क्षेत्रमा राष्ट्र बैंकको वर्किङ क्यापिटल गाइडलाइन’ का  प्रावधानका कारण लगानी गर्न सकिएको छैन । कोभिड सगै तरलता अभाव भएको बेला लिइएको कतिपय नीति राष्ट्र बैंकले आजको सहज परिस्थितिसम्ममा पनि खुकूलो नगर्दा लगानीका कतिपय समस्याहरू सुल्झिन नसकेको के सी बताउछन् । केही नीतिगत दरहरु चलाउनु पर्यो, जोखिम भारहरु घटाइदिनु पर्यो, त्यसपछि लगानी बिस्तारै बढ्न थालिहाल्छ, त्यसैले साँचो राष्ट्र बैंकसँग छ, अध्यक्ष के सीले भने । यसकारण गभर्नर अधिकारी आम व्यवसायीसंग मात्र होइन बैंकरहरुलाई समेत खुसी पार्न सक्ने कार्यकालको अन्तिम मौद्रिक नीति बनाउँदैछन् ।

- ADVERTISEMENT -

Advertisement

राजनीतिक टयुनिङ मिलेको परिस्थिति : गभर्नर अधिकारीलाई लागेको ठूलो आरोप हो, सरकारसँग राजनीतिक टयुनिङ नमिल्नु । गभर्नर अधिकारीलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले त निलम्बन नै गराएका थिए । तर गभर्नर अधिकारीको पक्षमा अदालतले अन्तरिम आदेश जारी गर्दियो र उनी  अहिले पदमा छन् । अधिकारीलाई एमालेको अर्थ तथा योजना विभागको सदस्य समेत रहेको आरोप लाग्यो । तर उनले त्यसलाई खण्डन गर्दै आएका छन् । गभर्नरहरु कार्यकाल पछि राजनीतिमा प्रवेश गरेका उदाहरणहरु प्रसस्तै छन् । तत्कालीन गभर्नर युवराज खतिवडा त एमालेको सरकारको पालामा अर्थमन्त्री समेत भए । अहिले पनि उनी प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार छन् । बहालवाला गभर्नर अधिकारी पनि कार्यकालपछि बिस्तारै राजनीतिमा आउन सक्ने एमाले उच्च स्रोत नै बताउँछ । त्यसैले अहिले एमाले नेतृत्वको सरकार र अर्थमन्त्री भएको रहेको बेला लोकपि्रय मौद्रिक नीति ल्याउने सुनौलो अवसर गभर्नर अधिकारीलाई कार्यकालको अन्तिममा जुरेको छ ।

- ADVERTISEMENT -

Advertisement

उद्योगी, व्यवसायी तथा सेयर लगानीकर्तालाई खुसि बनाउन सुनौलो अवसर : सेयर बजारमा नाम चलेका लगानीकर्ता अम्बिका प्रसाद पौडेल भन्छन्, ‘समग्र आम बजार र सेयर बजारलाई कस्तो ठाउँमा राख्ने भन्ने कुरा सरकारले ल्याउने बजेट र राष्ट्र बैंकको मौद्रिक नीति हेरे पुग्छ ।’ बजेट आइसकेको छ । अब सबैको चासो मौद्रिक नीतिमा परेको छ । विशेषत सेयर बजारको लागि राष्ट्र बैंकले लिएको सेयर धितो कर्जाको नियन्त्रणकारी सीमालाई यसपटक खुकुलो हुने बताईदै आएको छ । समय परिस्थिति पनि सोही अनुरुपको अनुकूल छ । राष्ट्र बैंक उच्च स्रोत भन्छ ‘गभर्नरलाई सबैभन्दा धेरै गाली गर्ने सेयर लगानीकर्ताहरुको लागि यसपटकको मौद्रिक नीतिले खुसी बनाउँदैछ । रिक्स वेटेज घट्ने प्राय: निश्चित छ भने १५/२० करोडको सीमामा पनि पुनरावलोकन हुन् सक्छ ।’ त्यसैले पनि सेयर लगानीकर्ताको आलोचनाको केन्द्रबिन्दु बनेका गर्भनर अधिकारीलाई कार्यकालको अन्तिम मौद्रिक नीति विशेष महत्वको रहेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -