हिमालय उर्जा विकासको हकप्रद: साउन २४ गतेदेखि निष्काशन हुने

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ६- हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने मिति सार्वजनिक गरेको छ। यस जलविद्युत कम्पनीले साउन २४ गतेदेखि कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

बुक क्लोज सम्म कायम रहेका सेयरधनीले यस कम्पनीमा १ कित्ता सेयर बराबर १ कित्तालाई आवेदन दिन पाउनेछन्।  हकप्रदबाट कम्पनीले ९९ करोड रुपैयाँ उठाउने तयारी गरेको छ। 

- ADVERTISEMENT -

Advertisement

हकप्रद बारे थप जानकारी 

- ADVERTISEMENT -

Advertisement

क-कसले भर्न पाउँछन् ?

- ADVERTISEMENT -

Advertisement

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि असार २० गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । 

- ADVERTISEMENT -

Advertisement

कहिलेसम्म भर्न पाइन्छ ?

साउन २४ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन पाइनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

कम्पनीकाे हकप्रदमा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।  साथै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन्।

रेटिङ्ग

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। अर्थात समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको बुझिन्छ। 

हकप्रदको रकमको प्रयोग 

कम्पनीले हकप्रद सेयर निष्काशन मार्फत उठाएको पूँजी मध्ये सबै खर्च कटाई बाँकी सबै रकम बैंकहरुको लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने स्वीकृति नियामकबाट लिएको छ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -