ज्ञानेन्द्र शाहीले गरे “नमेटिने घाउ’’ को डविङ

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, साउन ६- अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ यति बेला डबिङमा छ । चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पाटोको डबिङ सकाएका छन् ।

चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको छ । उनले केहि दिनमा डबिङ गर्ने निर्देशक रमित ढुङ्नाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड पीडितहरुको बास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत छ ।

- ADVERTISEMENT -

Advertisement

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बालनसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ।

- ADVERTISEMENT -

Advertisement

यस्तै चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, लगायत अभिनय छ ।

- ADVERTISEMENT -

Advertisement

‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सासंदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि अभिनय छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -