सिमलताल दुर्घटनाः आजदेखि भारतीय प्राविधिक टोलीले बेपत्ता बस र यात्रुको खोजी थाल्दै

July 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ६- नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा सबै यात्रुको अवस्था पत्ता नलाग्दा हराएका व्यक्तिका आफन्त निराश बन्न थालेका छन् । यस अवस्थामा भारतबाट आएको प्राविधिक तथा नेपाली गोताखोरसहितको संयुक्त टोलीले आजदेखि नयाँ रणनीतिसाथ खोजी थाल्ने भएको छ ।

भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेलगत्तै राणनीति बनाएको गृहमन्त्रालयको विपत् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार नेपालको भूगोल र नदीनालाको अवस्थिति फरक भएकै कारण त्रिशूलीमा डुबेका बस यात्रु नभेटिएको इतिहास रहेको छ । दुर्घटना भएको बसमा भारतीय नागरिकसमेत सवार रहेको अभिलेख पाइएको हुनाले भारत सरकारले चासोसाथ खोजी गर्न टोली पठाएको हो । अहिलेसम्म सात जना भारतीय नागरिक परेको निश्चित भएको छ । नेपाली गोताखोर अब्बल छन् तर नेपालसँग नभएको उपकरणसहित टोली आएकाले आशा जागेको उनले प्रस्ट पारे ।

- ADVERTISEMENT -

Advertisement

भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको विपत् व्यवस्थापन महाशाखाका प्रमुख भुसालले जानकारी दिए । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।

- ADVERTISEMENT -

Advertisement

भुसालका अनुसार बस नभेटिनुमा त्रिशूली नदीको भौगोलिक जटिलता नै हो । त्यसमाथि मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण पहिलो दिन नै सकस परेको थियो । जटिल भूगोलसहित त्रिशूली नदी कतै अत्यन्त खोँचयुक्त गहिरो छ भने कतै फराकिलो बालुवा र ढुङ्गाले भरिएको छ । गत असार २८ गते त्रिशूली नदीा खसेका दुई बस अझै भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेकामा १८ जनाको मात्रै सनाखत भएको छ ।

- ADVERTISEMENT -

Advertisement

    - ADVERTISEMENT -
    - ADVERTISEMENT -
    - ADVERTISEMENT -