काठमाडौं, साउन ४- पछिल्लो समय कालोसूचीमा पर्ने सहकारीको संख्या बढ्दै गइरहेको छ । कर्जा सूचना केन्द्रका अनुसार २०८१ असार २२ सम्म ३८ सहकारी कालोसूचीमा परेका छन् । करिव ३ महिनाको अवधिमा ३८ सहकारी कालोसूचीमा परेका हुन् ।
२०७८ मा जम्मा ११ सहकारी संस्थाहरू कालोसूचीमा परेकोमा त्यो संख्या बढेर २०७९ मा ४६ पुगेको थियो । २०८० मा मात्र ११३ सहकारी ११३ सहकारी संस्था कालोसूचीमा परेको केन्द्रले जनाएको छ ।
- ADVERTISEMENT -
विभिन्न बैंक तथा वित्तीय संस्था, राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण सहकारीहरु कालोसूचीमा परेका हुन् ।
- ADVERTISEMENT -
यसरी कालोसूचीमा पर्नेमा बहुउद्देश्यीय सहकारी, कृषि सहकारीदेखि बचत तथा ऋण सहकारीहरु छन् । ठूला भनिएका सहकारी संस्थाहरू समेत संकटउन्मुख हुँदा कालोसूचीमा पर्ने सहकारीको संख्या पनि बढिरहेको छ ।
- ADVERTISEMENT -