यातायात कार्यालयको गाडी दुर्घटना : चार जना घाइते, एक हप्तासम्म गुपचुप

July 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर,साउन ४– यातायात कार्यालय भरतपुरको गाडी दुर्घटनामा परेको छ । बा १ झ ४४५२ नम्बरको सरकारी गाडी ना ६ ख २८५८ नम्बरको मालवाहक ट्रकसँग गत असार २७ गते राति करिब १२ बजेतिर भरतपुर–१, रामनगरमा ठक्कर खाँदा सरकारी गाडीमा सवार चालकसहित चार जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको सरकारी गाडी र सर्लाहीबाट काठमाडौँ जाँदै गरेको मालवाहक ट्रक ठोक्किँदा सरकारी गाडीमा सवार चारैजना घाइते भएका हुन् । ट्रकसँग ठोक्किँदा सरकारी गाडीको अगाडिको भाग पूरै कुच्चिएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘दुई जना सामान्य घाइते हुनुहुन्थ्यो, दुई जना अल्लि गम्भीर नै हुनुहुन्थ्यो’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले भने, ‘घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार गरिएको छ ।’ उनका अनुसार उक्त गाडीमा यातायात कार्यालयकै कर्मचारी सवार थिए । ‘चालक, एक जना सुरक्षा गार्ड र दुई जना कर्मचारी हुनुहुन्थ्यो भन्ने बुझिएको छ’, उनले भने ।

- ADVERTISEMENT -

Advertisement

सरकारी गाडी मध्यराति चार जना घाइते हुने गरी दुर्घटना हुँदासमेत प्रहरी प्रशासनले यो घटना बाहिर ल्याएको छैन । सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ठूला दुर्घटना र त्यसमा सक्रिय हुँदा यो घटना ओझेल परेजस्तो देखिएको प्रहरी प्रवक्ता रिजालले बताए ।

- ADVERTISEMENT -

Advertisement

‘हामीलाई कुनै घटना लुकाउनु छैन’, उनले भने, ‘यो घटनाको विषयमा भने त्यसपछि योभन्दा ठूला घटना भएको हुँदा यो छायामा परेको हो ।’ सिमलताल दुर्घटनाका कारण राज्यको सुरक्षा निकाय त्यतै केन्द्रित हुनुपर्दा घटना बाहिर आउन नपाएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

यातायात कार्यालय भरतपुरले भने भीषण वर्षाको समयमा उक्त घटना भएको बताएको छ । ‘ठूलो पानी परेकोले दुर्घटना भएको हो’, कार्यालय प्रमुख पदम बजगाईंले भने, ‘त्यहीमाथि ३२ वर्ष पुरानो गाडी हो, त्यसैले रातिको यात्रामा बत्ती कमजोर थियो ।’

दुर्घटनाको विषयमा एक जना इन्जिनियरको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेर छानबिन थालिएको उनले बताए । ‘चालक अझै पनि उपचाररत हुनुहुन्छ, उन बोल्न सक्ने भएपछि यसको सत्यतथ्य बाहिर आउँछ’, उनले भने ।

दुर्घटनामा परेको ट्रक भने बिहीबार काठमाडौँ गएको छ । ट्रकका चालक सञ्जयकुमार राय यादवले भने सरकारी गाडीका चालकले मापसे गरेर दुर्घटना गराएको आरोप लगाएका छन् । ‘सामान लिएर सर्लाहीबाट काठमाडौँ हिँडेको ट्रक रामनगरमा आइपुग्दा दुर्घटनामा परेपछि रोकियो । बल्ल आज काठमाडौँ आएको छु’, उनले भने, ‘पानी परेको हुँदा म बिस्तारै अगाडि बढ्दै थिएँ, विपरीत दिशाबाट आएको सानो गाडी अनियन्त्रित हुँदै मेरो गाडीमा ठोक्किन आइपुग्यो ।’

तर, यस विषयमा प्रहरी प्रशासन र यातायात कार्यालयले भने आधिकारिकता पुष्टि नभएको बताएको छ । ‘चालकले मापसे गरेको थियो या थिएन भन्ने विषयमा उपचारमा संलग्न चिकित्सकले भन्नुहोला’, चितवन प्रहरी प्रवक्ता रिजालले भने, ‘तत्कालीन अवस्थामा घाइतेको ज्यान बचाउनु थियो, हामीले उद्धार गरेर अस्पताल पठायौँ । बाँकी कुरा त अनुसन्धानका क्रममा बिस्तारै खुल्दै जानेछ ।’

सोही राति सिमलताल घटना भएको थियो । र, त्यसबीचमा सत्रकिलोमा बुटवलबाट काठमाडौँ जाँदै गरेको यात्रुबसमा ढुङ्गा खस्दा चालकको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -