ट्रम्पको हत्या प्रयासअघि युवकका बाबुले गरेका थिए प्रहरीलाई फोन

July 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पेन्सिलभानिया, साउन ४- पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवकका बाबुले गोली हान्नुअघि प्रहरीलाई फोन गरेको पाइएको छ । गएको शनिबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई युवक थोमस माथ्यु क्रुक्स गोली हानेका थिए ।

तर, युवक थोमस माथ्यु क्रुक्सका बाबु माथ्युले प्रहरीलाई फोन गरेर ‘ऊ कता गयो ?’ भन्दै चिन्ता व्यक्त गरेको सीबीएसले सुरक्षा निकाय स्रोतलाई उल्लेख गर्दै जनाएको छ । यद्यपि, उनका बाबुले प्रहरीलाई के भनेका थिए भन्ने प्रस्ट छैन ।

- ADVERTISEMENT -

Advertisement

फक्स न्युजले जनाएअनुसार, मेरी र म्याथ्युले प्रहरी अधिकारीलाई फोन गरेर पूर्वजानकारीबिना नै छोरा बेपत्ता भएकाले चिन्ता लागेको बताएका थिए । एफबीआईले उनका बाबुआमाले अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

क्रुक्सले आफ्नो फोनमा राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर ‘सर्च’ गरेको पाइएको समेत सुरक्षा अधिकारीले हालै सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका थिए । उनले बटलरको कार्यक्रम र डेमोर्क्र्याटिक पार्टीको अर्को महिना शिकागोमा हुने सम्मेलनको तिथि पनि सर्च गरेको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, हतियार राख्ने बक्स उसले जुलाई ५ मा वालमार्टमा किनेको, होम डिपोटमा गएर पाँच फुटको भर्‍याङ किनेको तर त्यो चढ्नका निम्ति प्रयोग गरेको नपाइएको र घटनास्थालमा पनि नदेखिएको सुरक्षा निकायले सांसदलाई जानकारी गराएको छ । उनी एयर कन्डिसनिङ युनिट हुँदै छतमा पुगेको समेत जानकारी गराइएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त विषयको छानबिनका क्रममा २०० अन्तर्वार्ता लिइएको र १४ हजार तस्बिर हेरिएको समेत सुरक्षा निकायले जानकारी गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -