बानेश्वरमा गुडिरहेको बसबाट जब धुँवाको मुस्लो निस्कियो

July 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,साउन ३- काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एउटा बसबाट धुँवाको मुस्लो निस्किँदा केही बेर जनजीवन आतंकित बन्यो ।

बानेश्वर चोकनजिकै पेट्रोल पम्पभन्दा केही अगाडिको सडकमा गुडिरहेको बसमा अचानक बाक्लो धुँवाको मुस्लो निस्किएको हो ।

- ADVERTISEMENT -

Advertisement

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा पुग्दा घटना भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बुधबार बिहान पौने ११ बजेतिर धुँवाको मुस्लो देखिएपछि बस रोकेर सबै यात्रु झारिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

इन्जिनबाट धुँवाको मुस्लो निस्किएपछि सडकमै रोकेर अग्निनियन्त्रक पनि बोलाइएको थियो । बसलाई प्राविधिक बोलाएर मर्मत गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

नयाँ बानेश्वर बृत्तका डीएसपी शिवराज बुढाथोकी बस रोकेर मर्मत भइरहेकाले जनजीवन सामान्य रहेको बताए । उनका अनुसार बाक्लो धुँवाको मुस्लो निस्किएपछि आगो लागेर फैलिन भने पाएन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -