शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि पुनः छलफल सुरू

July 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, साउन ३- विगत पाँच महिनादेखि रोकिएको विद्यालय शिक्षा विधेयककमाथि छलफल सुरू भएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबारदेखि छलफल थालिएको हो ।

- ADVERTISEMENT -

Advertisement

हाल विधेयकमाथि संशोधन हालेका संशोधनकर्तासँग समितिले छलफल थालेको हो । यसअघि संशोधन हालेका मध्ये १८ जना संशोधनकर्तासँग समितिले छलफल गरेको थियो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकमाथि संशोधनकर्तासँगको छलफल सुरू गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

विधेयकमाथि छलफलका क्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले विधेयक दुई वर्षमा पनि पुरा गर्न नसक्ने बताएका थिए । त्यसपछि सभापति थापाले चाँडो टुङ्ग्याउन समितिले पहल गर्ने बताएका थिए । समितिले आज पनि संशोधनकर्तालाई छलफलका लागि बोलाएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘विद्यालय शिक्षा विधेयक २०८०’ गत वर्षको भदौं २७ गते संसद्मा दर्ता भएको थियो । संसद्ले दफावार छलफलका लागि समितिमा पठाएको थियो । उक्त विधेयकमा १ सय ५२ वटा संशोधनकर्ताले संशोधन हालेका थिए ।

- ADVERTISEMENT -

Advertisement

समितिले यसअघि नै सरोकारावालासँग एक चरणको छलफल गरिसकेको छ । यसअघिका समिति सभापति भानुक्त जोशी मन्त्री बनेपछि थापा सभापति बनेका थिए । त्यसपछि विधेयकमाथिको छलफल पातलिएको थियो ।

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले पेश गरेका विधेयकहरूमध्ये विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखिदिन अनुरोध गर्दै सभापति थापालाई पत्र पठाएकी थिइन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -