प्रभु बैंक र एवन ग्रेटर नेपालबीच सहकार्य 

July 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोखरा, साउन २- प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । अब ट्याक्सी व्यवसायीले बैंक खाताबाट रकम झिक्न र आफ्नो खाताको जानकारी मोबाइल एप्लिकेशनबाटै लिन सक्ने भएका हुन् ।

विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन उक्त सम्झौता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

बुधबार बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर र एवन ग्रेटर नेपालबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकको क्यु आरमार्फत भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -