फ्लोरिडा,साउन २- कोपा अमेरिकाको फाइनल खेलमा चोटग्रस्त बनेका लियोनेल मेस्सीले इन्टर मियामीका दुई खेल गुमाउने भएका छन् । आठ पटकको बालोन डी ओर विजेता खेलाडीलाई कोपा अमेरिका २०२४ को फाइनल खेलमा गम्भीर रूपमा चोट लागेको थियो । फ्लोरिडाको हार्डरक स्टेडियममा भएको खेलमा मैदानमा ढलेका उनले रुँदै मैदान छाड्नुपरेको थियो ।
यसका बाबजुद अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले हराउँदै उपाधि जितेको थियो । खेलका दौरान मेस्सीको खुट्टा सुन्निएको तस्बिर र भिडियोमा देखिएको थियो । मेस्सीले चाँडै मैदानमा फर्किने बताए पनि यसको मिति भने तय गरिएको छैन । उनले जुलाई १९ र जुलाई २० मा हुने मियामीका दुई खेल र जुलाई २४ मा हुने एमएलएस अल स्टार खेल गुमाउनेछन् ।
- ADVERTISEMENT -