भरतपुरमा रेलमार्गको सर्भे गर्न आएको टोली स्थानीयको नियन्त्रणमा

July 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर,साउन २- भरतपुर महानगरपालिका वडा नं ७ मा पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न आएको टोलीलाई स्थानीयले केहीबेर नियन्त्रणमा लिएका छन् । भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्थानीयको अवरोधपछि भरतपुर ७ को रेलमार्गको सर्भे रोकिएको छ ।

विशालचोक नजिकका बासिन्दाले सर्भे गर्न रोक लगाएका वडाध्यक्ष काफ्ले बताउँछन् । उनले भने, ‘आक्रोशित स्थानीयले सर्भे गर्न आएका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।’ उनका अनुसार भरतपुरमा रेलमार्गको सर्भे गर्ने काम पूर्णरुपमा रोकिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित नियन्त्रणमा लिएका थिए । गाडीबाट रेलमार्गको सर्भे गर्दागर्दै करिब दुई सय जना स्थानीय भेला भएर सर्भे टोलीलाई नियन्त्रणमा लिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -